कुन उद्योगी व्यवसायीले कहाँबाट जिते स्थानीय तहको चुनाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 05:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म आएका परिणाममा केही स्थानीय तहमा उद्योगी व्यवसायी अर्थात् चेम्बर अभियान्ताहरु जनप्रतिनिधि बनेका छन् । 

कलैया उपमहानरपालिकाको मेयरमा कलैया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिनोद साह निर्वाचित भए । उद्योगी व्यवसायीहरु निर्वाचित भएको सबैभन्दा ठूलो स्थानीय तह हालसम्मकै कलैया उपमहानगरपालिका हो । 

प्रदेश २ अन्तगर्तकै बर्दिबास नगरपालिकाको मेयरमा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्री निर्वाचित भएका छन् । 

नुवाकोटको बिदुर नगरपालिकाको प्रमुखमा पनि नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठ निर्वाचित भएका छन् । 

त्यस्तै, काभ्रे उद्योग वाणिज्य संघका बिशिष्ट सदस्य शान्तिरत्न शाक्य पनि बनेपा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । 

पाँचथर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मित्रप्रसाद काफ्ले फिदिम नगरपालिकाको मेयरमा विजयी बनेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त श्रेष्ठ बागलुङ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका छन् । त्यस्तै, अर्घाखाँची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । 

मत परिणाम आउने क्रम जारी नै रहेकाले अन्तिम परिणाम आउँदासम्म यो संख्या बढ्न सक्ने उद्योगी व्यवसायीहरु बताउँछन् ।

उद्योग वाणिज्य क्षेत्रबाट जनप्रतिनिधि बनेकाहरुले उदाहरणीय काम गर्नेमा आफू विश्वस्त रहेको उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका एशोसियट उपाध्यक्ष दुर्गाराज श्रेष्ठको भनाई छ । उनले चेम्बर अभियान्ताहरु जनप्रतिनिधि बन्नु देशैभरका उद्योगी व्यवसायीहरुका लागि प्ररेणा र हौसला भएको पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved