नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटले औद्योगिकरणका लागि बाटो खोलेको बताएका छन् । सोमबार राजश्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
उनले सरकारले बजेट मार्फत जग्गामा गरेको व्यवस्था उद्योगमैत्री वातावरण निर्माणमा सघाउने बताए । अध्यक्ष अग्रवालले सरकारले रुग्ण उद्योग चलाउने निर्णय पनि सकारात्मक भएको बताए । सरकारले उद्योग क्षेत्रमा ल्याएको नीति कार्यान्वयमा आए उद्योग क्षेत्रमा गेम चेन्जर हुने अग्रवालले बताए ।
उनले भने,‘आगामी आर्थिक वर्षको बजेट औद्योगिकरण बजेट आएको छ । यसले उद्योगहरुमा समस्याहरु रहेका छन् । त्यसलाई बजेट मार्फत नीति गत रुपमा समावेश भएको छ । उद्योगको लागि सबै भन्दा ठूलो समस्या जग्गा प्राप्तिको हो । सरकारले उद्योगको जग्गा हक बन्दिलाई पुनरावलोकन गर्ने कुरा आएको छ । त्यो एकदमै स्वागत योग्य छ । उद्योगको क्षेत्रमा जग्गाको विषय धेरै समय देखि कार्यान्वयनमा आउन सकेको छैन । त्यसको लागि सरकारले बजेटको व्यवस्था गरेर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएको छ । त्यो एकदम स्वागत योग्य छ । साथै सरकारले पीपीएको अवधारणा छ । उद्योग क्षेत्रलाई कार्यान्वयनमा ल्याउने कुराले एउटा उद्योग क्षेत्रमा गेम चेन्जरको भूमिका खेल्ने छ । रुग्ण उद्योगको ठूलो समस्या के थियो भने उनीहरुसँग जग्गा थियो । जग्गा बेचेर बंैंकको ऋण तिर्ने अवस्था थिएन । त्यसबाट रुग्ण उद्योगहरुलाई फाइदा हुन्छ । रुग्ण उद्योग चलाउने सरकारको निर्णय राम्रो छ। यसलाई पीपीपी मोडलमा संचालन गर्ने विषयलाई सीनआई स्वागत गर्दछ ।’