नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 06:46:42 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच  काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलश्रोत, सूचनाप्रविधि तथा जडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङगुलोलाई अवगत गराएका थिए ।

नेपाल र चिलीबीचको कुटनीतिक सम्बन्ध ६० वर्ष भन्दा पुरानो भएको सन्र्दभमा आर्थिक सम्वन्धलाई थप बलियो बनाउनु पर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

उनले भने ‘दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुरा भएको छ । सरकारी र निजी क्षेत्रबीचको सहकार्य मार्फत आर्थिक सम्वन्धलाई थप बलियो र प्रभावकारी बनाउन चाहान्छौं ।’

नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्सबीच बाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । खासगरि नेपालको जलविद्युत तथा पर्यटनको क्षेत्रमा लगानी र प्रतिफलको सुरक्षणबारे अध्यक्ष मल्लले राजदूत एङगुलोलाई जानकारी गराएका थिए । 

‘बैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउ“छौं’ अध्यक्ष मल्लले भने ।

अन्तराष्ट्रिय रुपमा बढी माग हुने बस्तुहरुको उत्पादनका लागि नेपाल उपयुक्त गन्तव्य भएको अध्यक्ष मल्लले बताए । नेपालमा जग्गाको मुल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीन लगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताएका छन् । 

राजदूत एङगुलोले पनि नेपालको बर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका थिए । नेपाल हिमालयको देश भन्दै उनले पर्यटनको क्ष्ँेत्रमा अथाह सम्भावना आफुले देखेको बताएका छन् । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्ष्ँेत्र र नागरिकहरुलाई जानकारी गराउने राजदूत एङगुलोले प्रतिबद्धता जनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved