बस्तुगत संघका अध्यक्ष र पदाधिकारीलाई महासंघको स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 04:46:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई महासंघले स्वागत गरेको छ । 

महासंघको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इंटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो । 

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत गर्दै बधाई दिए । 

उनले मुलुकको अर्थतन्त्रमा वस्तुुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । उद्योगधन्दाको विस्तार, रोजगारी सृजना, पूंजी निर्माणमा तपाईहरूको योगदानलाई महासंघले सधै उच्च प्राथमिकता दिएको भन्दै उनले महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्ने कार्यमा पनि बस्तुगत संघहरुको सहयोग आवश्यक रहेको बताए । 

आफ्ना सवै सदस्यहरूसंग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गर्दै अध्यष गोल्छाले भने, ‘अब यसले लिएका लक्ष्य पुरा गर्ने कार्यमा तपाईहरूले आ–आफना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस् तपाईहरूलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।’ 

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्द, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाटा)का अध्यक्ष रमेश थापा, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल चलचित्र संघका अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठ र नेपाल बीउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले आ–आफ्ना क्षेत्रका समस्या राखेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved