महासंघ निर्वाचनः ३ उपाध्यक्षका लागि १३ जना दाबेदार (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 04:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको तयारी क्रमशः तीव्र बन्दै गएको छ । वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षका आकांक्षीहरु प्रस्तुत भईरहेका छन् । वरिष्ठ उपाध्यक्षमा हालसम्म ४ जना दाबेदार देखिएका छन् ।

पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र एसोसियट उपाध्यक्ष रामचन्द्र सांघाईले बरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

३ उपाध्यक्षमा १३ जना आकांक्षी

महासंघमा जिल्ला नगर, बस्तुगत र एसोसियट गरी ३ उपाध्यक्ष रहने व्यवस्था छ । हालसम्म ३ उपाध्यक्षका लागि १३ जना दाबेदार देखिएको छ । यो संख्या बढ्ने पनि देखिन्छ ।

जिल्ला नगर उपाध्यक्षमा डी.बी. बस्नेत, दिलसुन्दर श्रेष्ठ, अरुणराज सुमार्गी, सुरकृष्ण वैद्य, कृष्ण प्रसाद शर्मा र तीर्थराज शर्मा आकांक्षी छन् । बरिष्ठ उपाध्यक्षमा ४ जनाबीच नै प्रतिस्पर्धा भए जिल्ला नगर उपाध्यक्षका उम्मेदवार पनि ४ जना मात्रै हुन सक्नेछन् । यसका लागि दाबेदार मध्येबाट केही ‘ब्याक’ हुने सम्भावना पनि छ ।

त्यस्तै, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, सन्दीप अग्रवाल, अनुप मल्ल र मनिष प्रधान आकांक्षी छन् । 

एसोसियट उपाध्यक्षको उम्मेदवारमा हालसम्म राजेन्द्र खेतान, साहिल अग्रवाल र भरत आचार्य मात्रै देखिएका छन् । यसअघि एसोसियट उपाध्यक्षमा चुनाव लडेका सौरभ ज्योति यसपटक चुनाव नलड्ने मनस्थितीमा छन् ।

जिल्ला नगर र बस्तुगत उपाध्यक्षका दाबेदारहरु अझै बढ्न सक्ने छन् । स्रोतका अनुसार हालका एसोसियट उपाध्यक्ष रामचन्द्र सांघाईले पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार नबन्ने अवस्था आएमा पुनः एसोसियट उपाध्यक्षमै दोहोर्याउने सम्भावना पनि रहेको छ ।

वरिष्ठ उपाध्यक्षका आकांक्षीहरुले दशैँ अगाडी नै आफ्नो समूह घोषणा गरेर ७ महिना (कार्तिकदेखि चैत्रसम्म) देश दौडाहामा निस्कने देखिएको छ । महासंघको साधारणसभा चैत्र २८ गते हुँदैछ । निर्वाचन भने चैत्र २९ गते हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved