राष्ट्र बैंकले ब्याजदरमा लगाम लगाउन सकेन, बैंकहरु बोनसमा केन्द्रित भए: ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 01:45:56 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच द्वन्द्वले उद्योगी व्यवसायी चपेटामा परेको बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंद्वारा  आयोजित 'वित्तीय समस्याहरुको पहिचान र समाधानार्थ - वित्तिय समस्या र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच द्वन्द्वको चपेटामा उद्योगी व्यवसायी परेको बताएका हुन्

राष्ट्र बैंकले ब्याजदरमा लगाम लगाउन नसकेको र बैंकका सीईओहरु बोनसमा केन्द्रित भएको उनले बताए । दशैँमा पनि बजार चलायमान नरहेको र अर्थतन्त्र राजश्व केन्द्रित भएको उनको भनाई थियो । 

ब्याजदर बढ्दा समस्या भएको भन्दै उनले उत्पादनमूलक उद्योग र ब्यापारमा जाने कर्जाको ब्याजदरमा कम्तिमा २ प्रतिशतको फरक हुनु पर्ने बताए 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved