ब्याजदर नियन्त्रण गर्न माग गर्दै काठमाडौं वाणिज्य संघले राष्ट्र बैंकलाई बुझायो ज्ञापनपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 02:11:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्याजदर नियन्त्रण गर्न माग गर्दै काठमाडौं उद्योग वाणिज्य संघले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरी प्रसाद भट्टराई मार्फत गभर्नरलाई ज्ञापन पत्र बुझाएका हुन्  

ज्ञापन पत्रमा व्याजदर बृद्धि नियन्त्रण गरिनुपर्ने, कर्जाको उचित ब्याजदर निर्धारण हुनु पर्ने, कर्जा सहज हुनु पर्ने, निक्षेप संकलन स्वस्थ हुनु पर्ने, लगायतका विषय समावेश छन्  

त्यस्तै ज्ञापन पत्रमा  बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्तीमा जाँदा एकाधिकार प्रकृतिको बजार सृजना भएको उल्लेख गरिएको छ । मर्जका कारण  वाणिज्य बैंकहरुको संख्या घट्न गई एकाधिकार प्रकृतिको बजार सृजना भई प्रतिस्पर्धी बजारमा जस्तो तुलानात्मक बढी लाभ लिन सक्ने असस्थामा कमि आएको तर्फ गम्भीर बिश्लेषण जरुरी रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

त्यस्तै नेपालका बैंकहरु संभाब्य परियोजनामा भन्दा प्रतिष्ठाका आधारमा व्यक्तिलाइ लगानी गर्ने, सिमित दायीत्वलाइ असिमित बनाउने, ब्यक्तिगत जमानी लिने, कालो सूचीको त्रासमा ऋणी माथी अन्याय गर्ने, पत्रीकामा नाम निकालेर  ग्राहकको बेइज्जत गर्ने, डनहरु पठाएर पिडा दिने सम्मका कार्य भएकोले त्यस्ता कार्य बन्द गर्नको लागि गभर्नर समक्ष आग्रह गरिएको छ । 

त्यस्तै ज्ञापन पत्रमा चालु पुँजी कर्जाको सीमा पुनरावलोकन गरिनु पर्ने तथा एकल ग्राहक कर्जा सीमामा पनि परिमार्जन गर्न आग्रह गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved