‘बैंकिङ आतंक बन्द गर्’ भन्दै माइतीघरमा उद्योगी व्यवसायीहरुको विरोध प्रदर्शन [फोटोफिचर]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 02:01:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको अगुवाइमा आज माइतीघरमा उद्योगी व्यवसायीहरुले मौन विरोध प्रदर्शन गरेका छन् ।

बैंकहरुले मनलाग्दी ब्याज बढाएको र उद्योगी व्यवसायीहरु पलायन हुने बाध्यात्मक अवस्था आउन लागेको भन्दै उद्योग वाणिज्य संघ काठमाडौँको अगुवाइमा काठमाडौँ उपत्यका भित्र र बाहिरका उपलब्ध जिल्ला उद्योग वाणिज्य संघहरु र विभिन्न बस्तुगत संघहरुको उपस्थितीमा उनीहरुले मौन विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर्, चालु पूँजी कर्जा निर्देशिका स्थगित गर, ब्याजदरमा स्थिरता कायम गर्, मनपरी प्रिमियम बन्द गर् लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

आजको मौन विरोध प्रदर्शनको नेतृत्व गरेका उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले अर्थ मन्त्रालय र राष्ट्र बैंकले अब पनि माग सम्बोधन नगरे पुनः देशब्यापी आन्दोलन हुने र यसको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिए ।

तस्बिरहरुः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved