चुनावबाट के चाहन्छ निजी क्षेत्र ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 11:37:42 AM मा प्रकाशित

laxmi  sunrise bank

हरेक पाँच पाँच वर्षमा हुने आवधिक निर्वाचन संघारमै आइपुएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौन अवधि पनि सुरु भएको छ । पक्ष र विपक्षमा सवाल जवाफ गर्न निषेध गरिएको छ ।

चुनावलाई लिएर आम सर्वसाधारणका आ–आफ्नै अपेक्षा हुन्छन् । खानेपानी, सडक, विद्यालय र स्वास्थ्य चौकी आम सर्वसाधारणले दल र दलका नेतासँग गर्ने अपेक्षा हुन् । 

ठीक त्यसैगरी, नेपालको अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिएको निजी क्षेत्रको पनि आफ्नै अपेक्षा छन् । उद्योगी व्यवसायीहरु सडक प्रदर्शनमा निस्कनुपर्ने अवस्था आउनु भनेको निजी क्षेत्र मैत्री ऐन, नियमहरु छैनन् भन्ने सन्देश भएकाले आगामी निर्वाचनबाट आउने नेतृत्व यस विषयमा जानकार र सचेत हुनु जरुरी रहेको निजी क्षेत्रका अगुवाहरु बताउँछन् । 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका दाबेदार एवम् पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ दल र दलका नेता विशेष भन्दा पनि देश विकास गर्ने नेतृत्व चाहिएको बताउँछन् । 

‘पार्टीसँग, पार्टीका मान्छेसँग हामी उद्योगी व्यवसायीलाई सरोकार हुँदैन, को उम्मेदवार छ, कुन पार्टीको छ भन्नेमा पनि हामीलाई सरोकार हुने विषय भएन’ उनी भन्छन्, ‘जो आएपनि काम गर्ने मान्छे आइदिए हुन्छ हामीलाई ।’ 

आर्थिक विकास, समृद्धि र समग्र अर्थतन्त्रलाई प्रमुख एजेण्डा बनाउने र देशमा औद्योगिक व्यवसायिक वातावरण बनाउने नेतृत्वको अपेक्षा निजी क्षेत्रले गरेको उनको भनाई छ ।

श्रेष्ठले थप्दै भने, ‘काम गर्ने नेता आउनुपर्यो ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्षका राजेन्द्र मल्ल निजी क्षेत्रले जहिल्यै स्थायित्व चाहेको बताउँछन् । निर्वाचनपछि स्थिर सरकार र स्थिर नीतिहरु नै निजी क्षेत्रको अपेक्षा रहेको उनको भनाई छ । 

‘स्थायित्व प्रमुख कुरा हो, हाम्रो निजी क्षेत्रको पहिलो अपेक्षा नै स्थिरता हो, त्यो भनेको सरकार पनि स्थिर र आर्थिक नीतिहरु पनि स्थिर हुन् भन्ने हो’ अध्यक्ष मल्ल भन्छन्, ‘निर्वाचनपछि आउने सरकारले अर्थतन्त्र दरिलो र चलायमान बनाउन सक्नुपर्छ, यसका लागि नीतिगत स्थिरता र दरिलो वार्षिक योजना चाहिन्छ । चुनावपछि आउने राजनीतिक नेतृत्वबाट हाम्रो अपेक्षा यहीँ नै हो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved