महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 04:52:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन्। सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ । 

राष्ट्रिय कर दिवसको अवसमा आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७÷७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., बरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन् । 

राष्ट्रिय कर दिवसको लागि यस वर्षको नारा  ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’  तय गरिएको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved