काठमाडौँमा व्यवसायीक गोदाम तथा वितरण सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 06:16:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टर(केडब्लुडीसी)ले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवासंघसँग सेवा प्रवाह सम्बन्धि सम्झौता गरेको छ। सम्झौतासँगै उक्त संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु उपयोग गर्न सक्नेछन् ।

शुक्रबार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्युडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरुलाई फिर्ता गरिनेछ। जसबाट उनीहरुले विभिन्न विकासका कार्यहरु गर्न सक्नेछन् । यसले दुवै पक्षलाई लाभ मिल्नुका साथै नेपालको वेयरहाउजिङमा नयाँ युग आउने अपेक्षा छ। 

काठमाडौं नेपालको ठुलो व्यापारिक केन्द्र भएपनि व्यावसायिक तथा व्यवस्थित गोदाम एवम् मालवाहक ट्रक र ट्रेलरहरूको लागि सजिलो पहुँच भएको वितरण केन्द्रको ठूलो अभाव रहेको केडब्लुडीसिले जनाएको छ। 

सोही कुरालाई ध्यानमा राखी समस्याको समाधान खोज्ने उद्देश्यले केडब्लुडीसीको अवधारणा विकास गरी यसलाई अस्तित्वमा ल्याइएको कम्पनीको दाबी छ। 

यो कम्पनी थानकोट चेकपोस्ट नजिकै नेपाल आयल निगम डिपो जाने सडकमा अवस्थित छ । यहाँ “नो एन्ट्री” समस्या नरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल १२ रोपनी जग्गामा फैलिएको यो सेण्टरले प्रशिक्षित कर्मचारीहरूबाट श्रम सेवा, फोर्कलिफ्ट र क्रेन सुविधा, प्यालेटाइजेशन सेवा, हप्ताको सातै दिन चौविसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ, भण्डारण, प्रेषण, गोदाम–देखि–गेटसम्म ढुवानी सेवा प्रदान गर्दछ । 

केडब्ल्युडीसीले वेयरहाउस म्यानेजमेण्ट सिस्टम (डब्ल्युएमएस)को प्रयोग गरेको छ। जसले त्यहाँ आउने सामान रिसिभ गरी पहिले नै छुट्याइएको स्टल हरूमा भण्डारण गर्छ र ग्राहकहरूको आवश्यकता अनुसार, खोजेको बेला रियल टाइम स्टक रिपोर्ट प्रदान गर्न सक्छ । यहाँ रिप्याकिंग र अभिवृद्धि सुविधा पनि उपलब्ध छ भने आवश्यक परेमा बारकोडिङ सुविधाको साथ डिजिटलाइज्ड इन्भेन्टरी म्यानेजमेण्ट पनि उपलब्ध छ । चौबिसै घण्टा यो क्षेत्र सीसीटीभी को निगरानीमा रहन्छ भने सुरक्षा गार्डहरूले पनि निरन्तर गस्ति गरिरहन्छन् । 

यहाँको सेवा लिन ग्राहकले आफ्नो कार्गो र सवारी साधनको विवरणसहित एउटा सन्देश÷लग–इन मात्र केडब्ल्युडीसीलाई पठाउनु पर्ने हुन्छ र बाँकी सबै कुरा यहाँको टोली र व्यवस्थापन प्रणालीले मिलाउँछ । यो सिंगल विन्डो वन–स्टप–सर्भिस (ओएसएस) स्टेसन हो जसले काठमाडौंका व्यापारी समुदाय र अन्य संस्थाहरूको आवश्यकताहरू पूरा गर्दछ । अन्तर्राष्ट्रियस्तरको व्यावसायिक मापदण्डका साथ सञ्चालनमा आएको यो सेवा न्यून शुल्कमा उपलब्ध रहेको कम्पनीको दाबी छ। 

केडब्ल्युडीसीमा उपलब्ध सेवाहरूः

– भण्डारण, लजिस्टिक तथा इन्भेण्ट्रि व्यवस्थापन

– सामानको परिमाणको आधारमा भाडा

– क्षेत्रको आधारमा भाडा

– खुद्रा सामानको आधारमा भाडामा

– बीमा र दाबी टुंग्याउनमा सहायता

– प्रशिक्षित व्यावसायिक कर्मचारी

– लोडिङ, अनलोडिङ, वेयरहाउसिङ र स्ट्याकिंग उपकरण र सुविधाहरू

– प्याकेजिङ, पुनःप्याकेजिङ र मूल्य अभिवृद्धि

– आंशिक वा पूर्ण डेलिभरी

– दिइएको मागनिर्देशन वा विक्रेताको आवश्यकताअनुसार भण्डारण र इन्भेण्ट्रि व्यवस्थापन

– आयात र निर्यातका लागि लिफ्टिङ र सिफ्टिङ सेवा

– चौबिसै घण्टा सीसीटीभीको निगरानी

– सामानको रियल टाइम अराइभल र डिस्प्याच 

– डब्लयुएमएसको प्रयोगद्धारा बारकोडिङ र लेबलिङ

– स्टकको उपलब्धता र उत्पादन विवरणहरूको लागि डब्ल्युएमएसमा पहुँच (इन्भेण्ट्रि म्यानेजमेण्ट) 

– इन्भ्वाइसको सफ्ट प्रतिलिपि अपलोड गर्न सकिने तथा डेलिभरी नोट डाउनलोड गर्न सकिने

– भीसीटीएस सेवा 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved