दाङका उद्यमी व्यवसायी चितवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 12:46:36 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो ।

नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुका साथै औद्योगीक क्षेत्रहरुको अध्ययन अवलोकन गर्ने सर्दभमा उद्योग वाणिज्य संघ–चितवन आएको हो । स्वागत एवं छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले  उनीहरुलाई स्वागत गर्दै यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै सरकार संघ पहल गर्नुपर्ने दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताए ।

उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिदैं अध्यक्ष श्रेष्ठले सरकारले लागु गरेको सङ्कुचनकारी मौद्रिक नीतिका कारण व्यवसायीहरुलाई समस्या परेको बताउदै उनले निजी क्षेत्रका संलग्नता विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले नीजि क्षेत्रलाई हातेमालो गर्दै जानु पर्ने बताए ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतीको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिदै व्यवसायिक ऐक्यवद्धताका लागि उद्योग वाणिज्य संघ–चितवन सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा संघका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, लगायत २२ जनाको सहभागि छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved