उमेशलालले बनाए प्यानलः बरिष्ठका दाबेदार दिनेश श्रेष्ठ पनि साथमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 02:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका दाबेदार उमेशलाल श्रेष्ठले आफ्नो टिम तयार पारेका छन् । बरिष्ठ उपाध्यक्षमै दाबी गरिरहेका हालका उपाध्यक्ष दिनेश श्रेष्ठलाई साथमा लिएर उमेशलालले टिम तयार पारेका हुन् । 

आउँदो चैत २९ गतेबाट चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष बन्दैछन् । ढकालपछि स्वतः अध्यक्ष बन्ने गरी उमेशलालले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदैछन् । उनको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार बन्ने पक्का भएको छ । दिनेश श्रेष्ठ आफैँ बरिष्ठ उपाध्यक्षमा उठ्ने तयारीमा थिए । तर, अन्तिममा आएर उमेशलालको प्यानलबाट फेरि जिल्ला नगर उपाध्यक्षमा दोहोरिन सहमत भएका हुन् । दिनेश श्रेष्ठ जिल्ला नगरमा लोकप्रीय मानिन्छन् ।

महासंघको निर्वाचनमा जिल्ला नगरको मतभार ५० प्रतिशत हुने भएकाले जिल्लाको भोट तान्न सबै उम्मेदवारले कसरत गर्छन् । जिल्लामा लोकप्रीय दिनेश श्रेष्ठ साथमा भएपछि उमेशलाल समूह थप बलियो बनेको प्रक्षेपण गर्न थालिएको छ ।

उमेशलालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार बन्ने भएका छन् । एसोसिएट उपाध्यक्षमा प्यानलबाट भरत आचार्य पक्का भएका छन् । भरत आचार्य यसअघि अन्जन श्रेष्ठको समूहबाट उम्मेदवार बन्ने चर्चा थियो । तर, आचार्य स्वयम् भने कतै नखुली बसेका थिए । उनलाई बरिष्ठ उपाध्यक्षका सबै दाबेदारले आफ्नो समूहमा ल्याउन कसरत गरेका थिए । तर उनी उमेशलाल प्यानलमा पक्का भएका हुन् ।

उमेशलाल श्रेष्ठले बिजपाटीसँगको कुराकानीमा आफूलाई पूर्व अध्यक्ष चण्डिराज ढकाल, अब अध्यक्ष हुने चन्द्रप्रसाद ढकालसहित बहुमत पूर्व अध्यक्षहरुको साथ र सहयोग रहने बताएका छन् । उनले एक दुई दिनमै सदस्यहरुसमेत टुंगो लगाएर औपचारिक रुपमा आफ्नो टिम सार्वजनिक गर्ने पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved