‘विदेशबाट ल्याएका सामान बेचेर मात्रै देश समृद्ध बन्दैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 06:23:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले विदेशबाट बस्तु आयात गरेर देश नबन्ने बताएका छन् । देश समृद्ध बनाउनका लागि उत्पादनमा लाग्नुको विकल्प नभएको भन्दै श्रेष्ठले यसका लागि उत्पादनमूलक उद्योगमा लगानी बढाउनुपर्ने बताएका हुन् ।

‘औद्योगिकरण बिना कुनै पनि मूलुक बनेका छैनन्’ उनले भने, ‘विदेशबाट सामान ल्याएको भरमा देश समृद्ध बन्दैन । देश समृद्ध बनाउन उत्पादनमा लाग्नुपर्छ, लगानी बढाउनुपर्छ ।’ 

उनले उत्पादन मूलक उद्योगमा लगानी गर्न निजी क्षेत्र तयार हुँदा पनि आवश्यक विश्वासको वातावरण नबन्दा र सरकारले निजी क्षेत्रको भूमीकालाई सरकारले मूल्यांकन नगर्दा अहिले समस्या बढिरहेको बताए । 

महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेदवार समेत रहेका श्रेष्ठले महासंघलाई साना मझौलादेखि सबै खालका उद्योगी व्यवसायीहरुले आफ्नो छाता संगठनका रुपमा अपनत्व महशुस गर्ने गरी काम गर्न आफूले उम्मेदवारी दिन लागेको संकेत गर्दै महासंघको आगामी नेतृत्वले महासंघलाई चलायमान बनाउने पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved