सहकारीमा राजनीति छिरेपछि समस्या भयो, कडा नियमन गर्नुपर्छ: अध्यक्ष गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 01:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सहकारीहरुलाई कडा रुपमा नियमन गर्नु पर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग अर्थतन्त्रबारे गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गोल्छाले सहकारीलाई कडा नियमन गर्नु पर्ने बताएका हुन् 

अध्यक्ष गोल्छाले सहकारीमा राजनीति छिरेपछि समस्या बढेको र सहकारीको नियमन नभएको कारणले नै ५० लाख बचतकर्ता मारमा पर्ने अवस्था आएको बताए ।  उनले ४० हजार सहकारीको कडा नियमन गर्नु पर्ने बताए

त्यस्तै अध्यक्ष गोल्छाले आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नहुँदा अर्थतन्त्रमा समस्या परेको बताए । निजि क्षेत्रको मनोबल घटेको उल्लेख गर्दै उनले त्यसको कारण राजस्व २५ प्रतिशत घटेको जानकारी दिए  

ब्याजदर बढेको, तरलता अभाव रहेको, औपचारिक क्षेत्रबाट धेरै रोजगारी गुमेको, निर्माण सामग्रीको ५० प्रतिशत व्यवसाय घटेको , अटोमोबाइल्समा कमर्सियल भेहिकलको व्यवसाय ९० प्रतिशत घटेको लगायत अनेक समस्यामा अर्थतन्त्र रहेको उनले बताए   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved