'अबको अर्थमन्त्री विज्ञ हुनुपर्छ, सचिवदेखि सचिवालयको टिम सबै विज्ञ नै चाहिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 01:43:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थ मन्त्रालयमा अर्थतन्त्र बुझेको तथा अर्थशास्त्र पढेको विज्ञ व्यक्ति अर्थमन्त्रीको रुपमा आउनु पर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग अर्थतन्त्रबारे गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गोल्छाले अर्थतन्त्र जटिल अवस्थामा रहेकोले अब अर्थ मन्त्रालयमा विज्ञ अर्थमन्त्री आउनु पर्ने बताएका हुन् 

उनले मन्त्रालयको टिममा पनि विज्ञ व्यक्ति नै हुनु पर्ने र अर्थमन्त्रीको सचिवदेखि सचिवालयको टिम सबै विज्ञ हुनुपर्ने बताए । उनले भने 'अर्थ मन्त्रालयमा अर्थतन्त्र बुझेका र पढेका अर्थशास्त्रकै क्याडर आउनु पर्छ , अर्थमन्त्री हुने मान्छे विज्ञ चाहिन्छ , टिम पनि विज्ञकै राख्नुपर्छ, सचिवदेखि सचिवालयको टिम सबै विज्ञ हुनुपर्छ ।'

अर्थतन्त्रका समस्या तथा समाधानका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग महासंघले अन्तरक्रिया गरेको हो  

यो पनि : गगनलाई अर्थमन्त्री बनाउने प्रचण्डको चाहना, देउवा र आरजुको नजर अन्तै

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved