बैकर्स र व्यवसायी छुट्याउने हो भने बैंकका प्रोमोटर नै बढी खुशी हुन्छन् : चन्द्र ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 01:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बैकर्स र व्यवसायी छुट्याउने हो भने बैंकका प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था हुनु पर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग अर्थतन्त्रबारे गरिएको अन्तरक्रिया कार्यक्रममा  बरिष्ठ उपाध्य ढकालले बैंकका प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था गरेर बैकर्स र व्यवसायी छुट्याउदा राम्रो हुने बताएका हुन्

ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले साँच्चै बैकर्स र व्यवसायी छुट्याउने हो भने बैंकका प्रोमोटर सेयरवालाहरु नै बढी खुशी हुने बताए । अहिले प्रोमोटर सेयरको मूल्य नियमित कारोबार हुने सेयरको तुलनामा आधा रहेकोले प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था भने गर्नु पर्ने उनको भनाई छ । 

लामो समयदेखि बैकर्स र व्यवसायी छुट्याउनु पर्ने आवाज उठ्दै आएको छ। यसै महिनाको अन्त्यमा महासंघको अध्यक्ष हुन लागेका ढकालले बैंकका प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था गरि बैकर्स र व्यवसायी छुट्याउन सकिने बताएका हुन् । उनको यो भनाईलाई चासोका साथ हेरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved