‘सांसदहरु उद्योगी व्यवसायीको पक्षमा बोल्दा पैसा खाएर बोल्यो भन्ने आरोप लाग्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 04:52:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सांसद तथा राजनीतिक दलका नेताहरु निजी क्षेत्रप्रति सकारात्मक देखिन नसकेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग आज छलफल गर्दै अध्यक्ष गोल्छाले सांसद र दलका नेताहरु निजी क्षेत्रका समस्याबारे जानकार हुने भएपनि ‘पब्लिक सपोर्ट’ गुम्ने डरले उद्योगी व्यवसायीका पक्षमा बोल्न नसकेको बताएका हुन् ।

‘सांसदहरु निजी क्षेत्रका समस्या, उद्योगी व्यवसायीका समस्यामा जानकार हुनुहुन्छ, भेट्दा, कुरा राख्दा सकारात्मक पनि देखिनुहुन्छ’ अध्यक्ष गोल्छाले भने, ‘तर, राख्नुपर्ने ठाउँमा कुरा राखिदिनु हुन्न, भन्नुपर्ने ठाउँमा भन्न सक्नुहुन्न । किनकी, उहाँहरुले उद्योगी व्यवसायीका पक्षमा कुरा राख्यो कति खाएर व्यापारीको पक्ष लियो भन्ने आरोप लागिहाल्छ ।’

उनले यस्तो आरोप लागेर समर्थन प्राप्त हुँदैन की भनेर नडराई राष्ट्रको उन्नति हुने कुरामा नीजि क्षेत्रका मुद्दा र मागमा सधैँ साथमा रहन पनि स्वतन्त्र पार्टीका सांसदहरुसँग आग्रह गरेका छन् ।

यस्तै, उद्योगी व्यवसायीहरु भनेको खाली नाफामुखी मात्रै हुन्छन् भनेर ‘प्रोफिट इज ब्याड’ भन्ने भाष्य बनाइएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष गोल्छाले नाफा कमाउनु उद्योगी व्यवसायीको धर्म भएको र निजी क्षेत्र करदातासमेत भएकाले सम्मान गर्नुपर्ने बताए । 

उनले संसदमा आर्थिक एजेण्डाहरुमाथि बहस र छलफल नै नहुने भन्दै चिन्ता पनि व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved