मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 03:57:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्विरोध निर्वाचित भएका छन् । आइतबार सकिएको संघको २३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले दुगडलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षहअ अरुण गोयन्का, तृतिय उपाध्यक्षमा बिकास बेगवानी र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । संघको सचिवहरुमा सचिव आनन्द ओझा, धिरज गोल्छा र सँजय अग्रवाल चयन हुँदा कोषाध्यक्षमा बिनोद कुमार अग्रवाल चुनिएका छन् । 

कार्यसमिति सदस्यसहित १७ जनाको नयाँ कार्य समिति सर्बसम्मत चयन भएको हो 

संघले मैदा उद्योगमा करिब १७ सय करोड लगानी रहेको र यस किसिमका उद्योगले प्रत्यक्ष रुपमा ४ हजार भन्दा बढीलाई रोजगारी दिईरहेको दाबी गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved