घरेलु उद्योग महोत्सव सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2024 | 06:47:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 'नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ 'समापन भएको छ। समापन समारोहमा महासंघका अध्यक्ष उमेश प्रसाद श्रेष्ठले कोभिड र  आर्थिक मन्दीले थलिएको  स्वदेशी उद्योगलाई राज्यले प्राथमिकतामा राख्नु पर्ने बताएका छन्। 

 महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । महासंघका अध्यक्ष सिंहले मेलामा प्रत्यक्ष÷अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको जानकारी दिए  ।

 समारोहमा अर्थ सचिव मधु मरासिनीले स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रबर्दन गर्ने गरि बजेट तर्जुमा गर्ने बताएका छन् । उनले यस्ता मेला महोत्सवले खस्कीएको अर्थतन्त्र उकास्न सहयोग पुर्याउने भन्दै बजेट विनियोजित गर्दा प्राथमिकतामा राखिने बताए । सरकारको तर्फबाट स्वदेशी उत्पादनले  बजार पाउने वातावरण श्रृजना गर्ने पनि सचिव मनासिनीले प्रतिवद्धता जनाएका छन्। 

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले  आयोजना गरिएको औद्योगिक प्रदर्शनी महोत्सव वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा सञ्चालन भएको थियो । लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष महत्सव आयोजना गरिदै आइएको छ । 

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको थियो । प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था भएको थियो  भने  २ लाख ५३ हजारले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved