एक्सियोम नेपाल र सन सेक्युरिटीज बीच सेवा प्रस्तावहरू बृद्धि गर्न रणनीतिक साझेदारी हुने भएको छ।
सो कार्यका लागि सम्झौता ज्ञापन पत्रमा एक्सियोम नेपालका लागि निर्देशक विष्णुहरि आचार्य र सन सेक्युरिटीजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका छन् ।
सेक्युरिटीजले आफ्ना ग्राहकहरूलाई परिष्कृत सेवाहरू प्रदान गर्ने उद्धेष्यले आफ्नो विशेषज्ञतालाई एकीकरण गर्नका लागि रणनीतिक साझेदारीको घोषणा गरेको हो । यो सहकार्यले दुबै फर्महरूका लागि महत्त्वपूर्ण हुने आशा लिएको कम्पनीले बताएको छ ।
दुबै कम्पनी बीचको साझेदारीले व्यवसायहरूको व्यवस्थापन र वित्तीय बजारहरूको जटिलतामा नेभिगेट गर्न व्यापक समाधानहरू खोजि गर्न सहयोग पुग्ने अपेक्षा छ। ती दुबै कम्पनीहरुले ग्राहकहरूको वित्तीय लक्ष्यहरू प्राप्त गर्नको लागि समर्थन गर्न समग्र दृष्टिकोण प्रदान गर्ने लक्ष्य राखेका छन् ।
साझेदारी सम्झौताको एक भागको रूपमा, एक्सियोम नेपाल र सन सेक्युरिटीजले सहआयोजित कार्यशाला, सेमिनार र विचार नेतृत्व कार्यक्रमहरू लगायतका संयुक्त पहलहरूमा सहकार्य गर्नेछन्।
यसका साथै दुबै कम्पनीहरुले आयोजना गर्ने विशेष प्रशिक्षण कार्यक्रमहरू र विभिन्न सेवाहरूबाट ग्राहकहरु लाभान्वित हुनेछन्।