
नेपाल उद्योग वाणिज्य महासंघले अन्तरराष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबार शुरु भएको हो । तालिम तीन दिनसम्म चल्ने छ । अन्तरराष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं बीच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तालिम सञ्चालन भएको हो।
कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य र लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले संयुक्त रूपमा गरेका थिए । तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट छिन् ।
स्याहार अर्थतन्त्रमा अब सरकार र निजिक्षेत्र गम्भिर भएर यसको आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठूलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएको हुँदा स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको चौलागाईंले बताए ।
तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थाका गरि जम्मा ३० जनाको सहभागिता छ ।