स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा सागर ढकाल विजयी, यस्तो छ नयाँ कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2024 | 10:24:32 AM मा प्रकाशित

laxmi sunrise bank

स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा  निर्वाचित भएका हुन।

यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिएपनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो। 

सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । 

एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved