रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट निर्यातकर्ता र रोजगारदाता उद्योगका रूपमा सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2025 | 07:49:18 AM मा प्रकाशित

रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट निर्यातकर्ता र रोजगारदाता उद्योगका रूपमा सम्मानित भएको छ। ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विराटनगर भन्सार कार्यालयले आइतबार पुरस्कृत गरेको हो। 

विराटनगरको जोगवनी नाकाबाट सबैभन्दा बढी निर्यात गर्ने सुनसरी खनारको रिलायन्स स्पिनिङ उद्योगलाई पुरस्कृत गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। 

भन्सारका अनुसार, उद्योगले गतवर्ष जोगवनी नाकाबाट ६ अर्ब ७४ करोड ८२ लाख २१ हजार रुपैयाँ बराबरको तयारी सामान निर्यात गरेको थियो। उत्कृष्ट रोजगारदाता उद्योगको रूपमा समेत रिलायन्स स्पिनिङ मिल्स सम्मानित भएको छ। नेपाल समुन्द्रपार निकासी पैठारी संघले २०८०/८१ मा सबैभन्दा धेरै रोजगारी दिएका कारण उद्योगलाई विशेष सम्मान प्रदान गरेको हो।

रिलायन्स स्पिनिङ मिल्स, सन् १९९४ मा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो। यो नेपालकै सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो जसले कपास, पोलिएस्टर, भिस्कोज, एक्रिलिक र टेक्सचर्ड यार्न उत्पादन गर्छ। सुनसरीको खनार र दुहबीमा रहेका दुई उत्पादन केन्द्रहरूसहित वार्षिक ४२,७५० मेट्रिकटन उत्पादन क्षमता रहेको यस उद्योगले भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्दै आएको छ।

रिलायन्सले सन् २०२३ मा १० अर्ब ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्षभन्दा झन्डै १ प्रतिशतले कम हो। कम्पनीले सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख र २०२१ मा ७ अर्ब ७९ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। निर्यात र रोजगारीका कारण रिलायन्सलाई बारम्बार सम्मानित गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved