सेयरमा लगानी गर्न पैसा छैन ? अब केसिएलले गरिदिन्छ ८० प्रतिशत लगानीको व्यवस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 25, 2019 | 07:47:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर बजारका लगानीकर्ताले नाफाकै लागि लगानी गर्छन। तर सेयर किनबेचको उचित समय पहिल्याउन नसक्दा ठुलो संख्याले घाटा बेहोर्छन भने केहिले मात्र नाफा कमाउन सक्छन। 

सेयर किनबेचको उचित समय पहिल्याउन सेयरबजारबारे सामान्य ज्ञान मात्र भएर हुदैन। यसका लागि प्रशस्त समय समेत हुनुपर्छ। कम्तिमा पनि सेयरबजारमा के भईरहेको छ भन्नेबारे थाहा लिने समय हुनुपर्छ। बिडम्बना नै भन्नुपर्छ, बजारमा लगानी गर्ने झन्डै ७० प्रतिशत भन्दा बढी लगानीकर्तालाई सेयरबजारका गतिबिधिबारे जानकारी लिने फुर्सद हुदैन। जसकारण सहि समयमा सहि निर्णय लिन नसक्दा फाइदा भन्दा नोक्सानी बेहोर्नेको संख्या धेरै छ।

सेयरबजारमा लगानी गर्न इच्छा भएका तर पर्याप्त ज्ञान नभएका तथा बजारबारे जानकारी भएका तर निगरानीको समय नभएकालाई ध्यानमा राखेर केसीएल अस्ट्यूटले दोस्रो बजारमा लगानी गरिदिने मध्यस्थकर्ता (पोर्टफोलियो म्यानेजमेन्ट) को काम सुरु गरेको छ। 'ग्राहकको लगानीको उदेश्य, लगानीको अवधी र जोखिम बहन गर्न सक्ने क्षमतालाई मध्यनजर गर्दै ग्राहकलाई सुहाउँदो लगानीको योजना बनाइदिन्छौं र नाफाको थोरै प्रतिशत संस्थाले लिएर अरु ग्राहकलाई नै दिन्छौं' अस्ट्यूटका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले बताए। लगानी व्यवस्थापनको लागि व्यवस्थापकले ग्राहकको न्यूनतम ३ लाख नगद वा सो बराबरको सेयर वा सो बराबरको नगद र सेयर दुवै मिलाई लगानी व्यवस्थापन गर्नुपर्ने लगानी व्यवस्थापन सम्बन्धी निर्देशिका २०६७ मा प्राबधान छ।

व्यवस्थापन शुल्क 

अस्ट्यूटले लगानी व्यवस्थापकको सेवा दिएवापत लगानी रकमको ०.५ देखि १.२५ प्रतिशत सेवा शुल्क लिन्छ। यो शुल्क बार्षिक रूपमा हरेक वर्ष मूल्यांकन रकम अनुसार लाग्छ। लगानीकर्ताका लागि प्रतिफल निश्चित नगरे पनि ८ प्रतिशतभन्दा धेरै प्रतिफल भएको र वढी भएको प्रतिफलको १५ देखि २५ प्रतिशतसम्म शुल्क लिने र बाँकी रहेको ७५ देखि ८५ प्रतिशत लगानीकर्ताको हुन्छ। 

लगानीकर्ताको साथै सेयर खरिद बिक्री, सम्बन्धित कम्पनीको प्रतिफल संकलनलगायत सम्पूर्ण कामसमेत कम्पनीले नै गरिदिन्छ । अस्ट्यूटले लगानीकर्ताको बैंक एकाउन्ट, डिपी अकाउन्ट, सेयर कारोबार एकाउन्ट नै चलाएर लगानी व्यवस्थापन गरिदिन्छ।

लगानी योजना किन ?  

अस्ट्यूटले हाल ३० भन्दा धेरै व्यक्ति तथा संस्थाको गरी कुल ११ करोड रूपैयाँ बरावरको लगानी व्यवस्था गर्दै आएको छ भने साना लगानी योजनामा समेत धेरैले इच्छा जनाएका छन। केहिले यो सेवा लिइसकेका छन। लगानीकर्तासँग कम्तिमा एक वर्षका लागि लगानी व्यवस्थापन गरिदिने सम्झौता गरेर काम गर्ने गरेको भट्टराईको भनाइ छ। मानौं कि तीन वर्षका लागि लगानी व्यवस्थापन गर्ने सहमति भए १० प्रतिशत रकम प्राथामिक निष्कासन र हकप्रदका लागि छुट्याई बाँकी पैसा मध्ये ६० प्रतिशतलाई दीर्घकालीन र ४० प्रतिशतलाई अल्पकालीन रूपमा सेयर बजारमा परिचालन गर्ने गरेको भट्टराई बताउँछन् ।

सेयर बजारका लागि नयाँ तथा समय नभएका व्यक्तिको मात्र नभै बजारका ठूला लगानकर्ताले पनि व्यवस्थापक मार्फत केही प्रतिशत लगानी गरेको खण्डमा पोर्टफोलियो व्यवस्थापनमा सहयोग हुने भट्टराइ बताउँछन् । समान्यतयाः पोर्टफोलियो म्यानेजमेन्ट भनेको ‘हाइ नेटवर्थ’ भएका व्यक्तिका लागि उपयुक्त मानिने गरेको पनि उनले बताए। 

साना साना लगानी योजना 

लगानी व्यवस्थापनका साथसाथै अस्ट्यूटले एकमुष्ट ठुलो पैसा तिर्न नसक्नेलाई प्राथमिकतामा राखेर इच्छुक लगानीकर्ताको लागि बैंक मार्फत कर्जा उपलब्ध गराएर लगानी व्यवस्थापन गरिदिने गरि 'साना साना लगानी योजना' नामको 'स्किम' ल्याएको छ। 'एक मुष्ट रकमको अभाबले पुंजीबजारबाट हुने फाइदा लिनबाट बन्चित भएकालाई लक्षित गर्दै नेपालको पुंजीबजारको इतिहासमा नै पहिलोपटक यस्तो सुविधा ल्याएका छौँ' भट्टराईले भने। 

यो योजनामा सहभागि हुन इच्छुक लगानीकर्तालाई केसिएलले आफ्ना साझेदार बैंक तथा वित्तीय संस्थाको माध्यमबाट सरल रुपमा कर्जाको उपभोग गराई लगानीको रकम व्यवस्थापन गर्न मद्दत गर्छ। यो सेवा उपभोग गर्नलाई लगानी गर्न चाहेको रकमको अधिकतम ८० प्रतिशत रकम साझेदार बैंकबाट र २० प्रतिशत स्वयम लगानीकर्ताले व्यवस्थापन गर्नुपर्ने हुन्छ। अहिलेलाई ५ लाखदेखि १५ लाखसम्मको योजना रहेको छ। कुनै लगानीकर्ताले ५ लाखको योजना गर्न चाहन्छ भने उसले १ लाख नगद वा सो बराबरको सेयर वा सो बराबरको नगद र सेयर दुवै मिलाएर पुंजी दिनुपर्छ। 

यो योजनाबाट २० प्रतिशत स्वपुंजी लगानिबाट लगानीकर्ताले ८० प्रतिशतसम्मको कर्जा सुविधा उपलब्ध गर्न सक्नेछन। बजारमा प्रचलित दरभन्दा सस्तोमा कर्जा सुविधाको उपभोग गर्न पाइने केसिएलको दाबी छ।

कम्पनीबारे

अस्ट्यूट नेपाल धितोपत्रबाट लगानी व्यवस्थापन सम्बन्धि सेवा प्रदान गर्नको लागि अनुमति प्राप्त धितोपत्र व्यवसायी हो। लगानी व्यवस्थापनको दायरालाई मात्र नभई यसको परिभाषा र बुझाईलाई नै नयाँ उचाईमा पुर्याउने उदेश्यले बजारमा आएको अस्ट्यूटको दाबी छ। धितोपत्र बोर्डबाट २६ संस्थाहरूले व्यवस्थापकको पनि काम गर्ने अनुमति लिएका छन्। बोर्डले एक मर्चेन्ट बैंकरलाई छुट्टाछुट्टै प्रक्रियावाट सेयर रजिष्ट्रार, प्रत्याभूतिकर्ता, बिक्री प्रबन्धक र लगानी व्यवस्थापकको अनुमति दिन्छ। यी मध्ये कुनै एक मात्र गर्ने गरी अनुमति लिन पनि सकिन्छ। 

अन्य मर्चेन्ट बैंकरहरु सेयर रजिष्ट्रार, प्रत्याभूतिकर्ता, बिक्री प्रबन्धकको सेवामा बढी जोड दिएपनि केसीएलले लगानी व्यवस्थापनलाई आफ्नो सेवाको मुख्य पाटो बनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved