६५०० मै शुट पाईन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 10:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर सुर्यबिनायक राममन्दिर नजिकै रहेको ओम शान्ति टेलरिङले बजार मुल्य भन्दा धेरै सस्तोमा सुट पाइन्ट तयार गरेर विक्रि गर्ने भएको छ।  सबै खालका ग्राहकहरुको पहुँचमा सुट पेन्ट पुगोस् भन्ने उदेश्यले बजारमा चलेको मुल्य भन्दा सस्तोआ विक्रि गर्न लागिएको ओम शान्ति टेलरिङले जनाएको छ। 

ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा ६ हजार पांचसय रुपैयाँमै सुट पाइन्ट तयार गरेर ग्राहकलाई उपलब्ध गराउने ओम शान्ति टेलरिङका संचालक झरीलाल खड्गले बताए। खङगले आफुले धेरै सोचेर यो खालको अफर ग्राहक समक्ष ल्याएको बताए । 

उनी भन्छन् ‘हामीले दिएको दर र गुणस्तर एवं आधुनिक प्रविधिजनित सेवा सुविधा अरु अहिलेसम्म अरु कसैले दिएका छैनन् । नाफा भन्दा ग्राहकप्रतिको सेवाभावले हामीले यस योजना ल्याएका हौ।’

ओमशान्ति टेलरिङ सुट पेन्ट मात्रै नभएर दौरा सुरुवालको लागि पनि प्रसिद्धि कमाएको सस्था भएको खङगको भनाइ छ । ग्राहकहरुकै रोजाइ अनुसार दौरा सुरुवाल सिलाइने उनले बताए । त्यसका साथसाथै विवाह ब्रतबन्ध तथा स्कुल कलेजका सबैखाले लत्ताकपडाहरुको उत्कृष्ठ सिलाइ गरिने उनले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved