पूंजीबजारमा 'ओलीको बोलिको प्रभाब' २० दिनपछि उकालो लाग्यो नेप्से

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 01:25:00 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेको गिरावटमा लामोसमय पछि पूर्णबिराम लागेको छ। कात्तिक ५ गतेदेखि निरन्तर ओरालो लागेको नेप्से झन्डै २० दिन पछि दोहोरो अंकले बढेर १४७७ दशमलब १४ को बिन्दुमा उक्लिएको छ। 

कात्तिक ५ मा १५७१।९२ को बिन्दुमा रहेको नेप्से सूचक २० दिनमा १११ अंकले घटेर १४६० को बिन्दुमा आइपुगेको थियो। साताको पहिलो दिन नेप्सेमा १६।४१ अंकको वृद्धि हुँदा १४७७ को उचाईमा आइपुगेको छ। 

आज कारोबारमा आएका १५९ कम्पनीका ११ लाख १४ हजार ८७ कित्ता शेयर खरिद बिक्रि हुँदा ३९ करोड ७१ लाखको कारोबार भएको छ। बाम सरकार बनेर बजार 'ध्वस्त' हुने 'हाउगुजी' चलाइएको अवस्थामा पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रियाले पुंजीबजारको सकारात्मक उर्जा थपिएको विश्लेषण गरिएको छ। 

झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेपालको अर्थतन्त्र नबुझ्ने अर्थशास्त्रीहरुले वामपन्थी सरकार विरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप लगाएका थिए। राताम्मे अवस्थामा रहेको नेप्से ओलीको प्रतिक्रिया सार्वजनिक भए लगत्तै सकारात्मक लय समातेको थियो। यो संयोग मात्र हो या लगानीकर्तामा वास्तवमै उर्जा थपिएको हो भन्ने विश्लेषण गर्न आगामी दिन पर्खनु पर्ने हुन्छ।  

त्यसो त बाम गठबन्धनका कारण नेप्से घटेको भनेर कतिपय मिडियामा शिर्षक नै बन्ने गरेका छन्। एमाले अध्यक्ष केपी ओलीको बाम सरकार अर्थतन्त्र र पुंजीबजार प्रति सकारात्मक छ भन्ने संदेशले सर्वसाधारण लगानीकर्तामा आशा जगाएको विश्लेषण गरिएको छ।

अर्थतन्त्र नबुझ्ने अर्थशास्त्रीहरुले वामपन्थी सरकार विरुद्ध हल्ला चलाएर नेप्से घटाए: ओली

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved