
पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाम सरकारलाई देखाएर नेपाली कांग्रेसले नेप्से परिसूचक घटाएको आरोप लगाएका छन। बिबिसी सम्बाददाता उमाकान्त खनालसंगको कुराकानीमा अध्यक्ष ओलीले बाम सरकारलाई देखाएर काँग्रेसले नेप्से घटाउन लागि परेको आरोप लगाएका हुन।
'खोक्रा बहसहरुमा देशलाई अल्झाउनु भनेको निरर्थक कुराहरुको आश्रय लिनु हो' ओलीले भने, 'उस्तै हो नेपाली कांग्रेस त्रासबाट यति ग्रस्त छ, नेप्से परिसूचक घट्छ कम्युनिष्टहरु आए भने जस्ता पिंचे कुरा गर्छ।'
अध्यक्ष ओलीले चिनिया अर्थतन्त्रमा नेप्से कहाँ छ भनेर खोज्न नेपाली कांग्रेसलाई सुझाएका छन। 'चीनले गरेको उन्नति प्रगति, र त्यहाँको अर्थतन्त्र बारे के भन्छ कांग्रेस ?' ओलीले प्रश्न गरे।
अध्यक्ष ओलीले बाम गठबन्धनले अधिनायकवादी साम्यवाद ल्याउन खोजेको भन्ने कांग्रेसको कुतर्कबारे आफुहरु पछि नलाग्ने बताएका छन। 'कांग्रेसले साम्यवादको अर्थ बुझेको छैन' ओलीले भनेका छन।
त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक भूमिकाका कारण दुई दलबीचको एकता सम्भब भएको बताएका छन्। ओलीले प्रचण्डको निर्णायक भूमिकाका कारण दुई दलबीचको एकता सम्भव भएको र निर्वाचनपछि पार्टी एकता हुने दाबि गरेका छन।
त्यस्तै एक फरक प्रसंगको जवाफ दिदै ओलीले भने, 'म अध्यक्ष बन्न वा प्रधानमन्त्री बन्न पार्टी एकता गर्ने निर्णय गरेको होइन, देश बनाउन ढिला भई सक्यो, देश बनाउन पार्टी एकता गर्ने निर्णय गरेको हो।'