नयाँ स्टक एक्सचेन्ज भित्र्याउन धितोपत्र बोर्डले सरकारसंग माग्यो अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 08:59:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पुँजी बजारमा निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्ज कम्पनी भित्र्याउने सम्बन्धमा धितोपत्र बोर्डले सरकारको सहमति मागेको छ । करिब एक महिनाअघि अर्थ मन्त्रालयलाई पत्र पठाएर बोर्डले यस्तो सहमति मागेको हो । 

आफैंले स्टक एक्सचेन्ज कम्पनी स्थापनाका लागि अनुमति दिन सक्ने भए पनि बोर्डले अर्थ मन्त्रालयको सहमति मागेको हो । अर्थ मन्त्रालयको सहमति लिएर प्रक्रिया अघि बढाउँदा पछि अप्ठेरो नपर्ने भएकाले पत्र पठाइएको धितोपत्र बोर्ड स्रोतले बताएको कान्तिपुर दैनिकमा खबर छ । ‘बोर्ड सेफ साइडमा बस्न चाहेको हो,’ एक उच्च अधिकारीले भने । 

‘हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सरकार तथा राष्ट्र बैंकको ठूलो सेयर लगानी रहेको र ती संस्थाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न चाहेका छन्,’ स्रोतले भन्यो, ‘यस्तो अवस्थामा नयाँ एक्सचेन्ज ल्याउन हुने वा नहुने विषयमा सरकारको धारणा बुझ्न पत्र पठाइएको हो ।’ अर्थ मन्त्रालयको रायअनुसार प्रक्रिया अघि बढाइने स्रोतको भनाइ छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved