मेरोशेयर नक्कली एप प्रकरण: कहाँ पुग्यो अनुसन्धान ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 11:01:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्ले स्टोरमा उपलब्ध भएको मेरोशेयरको नक्कली एप ब्लक भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गुगललाई अनुरोध गरी एप ब्लक गराएको हो   । 

सीडीएसको नाममा मेरोशेयरको नक्कली एप केहि सातादेखि प्ले स्टोरमा उपलब्ध थियो । यस बिषयमा बिजपाटी डटकमले लगानीकर्ताको हातमा मेरोशेयरको नक्कली एप शिर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएसंगै सिडीएसले एप बनाउने बिरुद्द साइबर अपराध अन्तर्गत मुद्दा दायर गरेको थियो  ।  अनुमति बिना नै आफ्नो नाम र लोगो प्रयोग गरी अनधिकृत रुपमा एप निर्माण गरेकोले  सिडीएससीले साइबर अपराधको मुद्दा दायर गरेको हो । बिजपाटीको समाचारमा सिडीएसले एक्सन लिएपछि बिजपाटी समाचार प्रभाव: मेरोशेयरको नक्कली एप बनाउने बिरुद्द साइबर अपराध मूद्दा दायर हुदै शिर्षकमा समाचार प्रकाशन भएको थियो  । 

सिडीएसका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले एप प्ले स्टोरबाट हटेको र सीआईबिले यस बिषयमा अनुसन्धान गरिरहेको जानकारी दिए  । उनले भने 'प्ले स्टोरबाट एप हटिसकेको छ, एप् खोल्दा अहिले केहि गर्न मिल्दैन'  । साथै उनले एप अँनइन्स्टल गर्न पनि अनुरोध गरेका छन्  । एप डाउनलोड गरिससेकाहरुको मोबाइलमा एप भने खुल्छ तर त्यसमा सिडीएसको वेबसाइट खुल्दैन  । 

 एप प्ले स्टोरमा यो एप आएको भर्खर १ महिना मात्र भएको थियो  । यसलाई हालसम्म १ हजार भन्दा धेरै लगानीकर्ताले डाउनलोड गरेका थिए ।  एप प्रयोगकर्ताले यहि एप प्रयोग गरेर हकप्रद शेयर, आईपिओ तथा एफपिओ समेत भरिरहेका थिए ।

तर यो एप सर्टकट मात्र भएको सीईओ गुप्ताले बताएका थिए। यो ब्राउजर बेस्ड भएको र एपमा प्रवेश गरिसकेपछि त्यहाँ बाट सिडीएसको वेबसाइटमा डाइभर्ट हुने र कोडहरु सिडीएसको सिस्टमले नै पठाएको गुप्ताले प्रष्ट पारेका थिए । उनका अनुसार यो सेक्युरिटीको समस्या नभएको  र लगानीकर्ताको कुनै पनि जानकारी दुरुपयोग भएको थिएन । 

यस्तो प्रकारको एपले एप जसरि काम नगरी वेबसाइट जसरी काम गर्ने जानकारहरु बताउछन् । डेभलपरहरुले एपबाट पैसा कमाउन यस्तो प्रकारको गतिबिधि गर्ने गरेको बुझिएको छ । एप बनाएर राख्ने र एपबाट हुने कामहरुलाई सम्बन्धित वेबसाइटबाट नै गराउने गरी सिस्टम बनाएर कमाउ धन्दा हुने गरेको बुझिएको छ । यद्यपि अहिले यो एप बन्द भई सकेको छ । 

सीडीएसले २ देखि ३ महिना भित्रमा आधिकारिक एप आउने पनि जनाएको छ ।  


कसले बनायो त् एप ? 

एप बन्द भएपनि यो एप कसले बनाएको भन्ने स्पष्ट भईसकेको छैन । सीईओ गुप्तका अनुसार सीआईबिले यसको अनुसन्धान गरिरहेको छ । प्ले स्टोरमा यो एप काठमाण्डौ कै एप डेभलपरले बनाएको उल्लेख थियो।   उनको नाम little d  र प्ले स्टोरमाउनको इमेल आईडी  [email protected] उल्लेख थियो ।  मेरोशेयर एप संगै यी नामका व्यक्तिले बनाएको शेयरसंसारको नक्कली एप पनि बन्द भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved