नयाँ बिमा कम्पनीको आइपीओ हल्ला मात्रै, सर्वसाधारणलाई सेयर बिक्रि गर्न अझै बर्षदिन पर्खनुपर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 15, 2018 | 04:31:49 PM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेका नौं नयाँ बिमा कम्पनीले सर्वसाधारणमा शेयर बिक्रि गर्न अझैं बर्षदिन पर्खनुपर्ने भएको छ। नयाँ कम्पनीले तत्कालै आइपीओ ल्याउने गरि प्रचार प्रसार गरिरहँदा कानुनी प्राबधानकै कारण उनीहरुलाई आइपीओ निष्काशन गर्न अझैं बर्षदिन पर्खनुपर्ने भएको हो। 

आइपीओ निष्काशन गर्नका लागि 'धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३' ले 'बैंकिङ वित्तीय वा बिमा सम्बन्धि व्यवसाय गर्ने संगठित संस्थाले आफ्नो उदेश्य अनुरुप कारोबार संचालन गरि पुरा एक आर्थिक बर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण सार्वजनिक रुपमा प्रकाशित गरि साधारणसभा सम्पन्न गरिसकेको हुनुपर्ने' व्यवस्था गरेको छ। 

केहि नयाँ बिमा कम्पनीले आफुहरुले कारोबार संचालन गरेको एक आर्थिक बर्ष पुरा भएको र अब केहि महिनाको अन्तरालमै आइपीओ निष्काशन गर्ने दाबि गर्दै आएका छन। यद्दपी धितोपत्र बोर्डले भने संचालनमा आएको एक बर्ष नभई संचालनमा आएको एक आर्थिक बर्षको लेखापरिक्षण प्रकाशित गरि साधारणसभा समेत सम्पन्न गरिसकेको हुनुपर्ने बताएको छ। 

'आइपिओ जारि गर्नका लागि कारोबार संचालनमा आएको एक आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक भएको हुनुपर्छ, र त्यो वित्तीय विवरण फुल अडिट भएको हुनुपर्छ' धितोपत्र बोर्डका कार्यकारी निदेशक तथा प्रवक्ता निरज गिरिले बिजपाटीलाई भने, 'फुल अडिट सार्वजनिक रुपमा प्रकाशित गरि साधारणसभा सम्पन्न गरेपश्चात मात्र आइपीओ जारि गर्न पाउँछन।' 

केहि नयाँ जीवन बिमा कम्पनीहरुले भने यहि आर्थीक बर्ष २०७४-०७५ को वित्तीय विवरण सार्वजनिक गरेर साधारणसभा सम्पन्न गरेलगत्तै आइपीओ बिक्रि गर्न पाउने गरि बजारमा प्रचार प्रसार गरिरहेका छन। तर अडिट गरेको वित्तीय विवरण सार्वजनिक गरेपछी र साधारणसभा गरेपछी मात्र आइपीओ जारि गर्न पाउने कानुनि प्राबधानकै कारण केहि कम्पनीका यस्ता दाबी 'झुट' साबित भएका छन। 

त्रैमासिक र बार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्राबधानलाई कर्मकाण्डी मात्रै बनाएका अधिकांश जिबन तथा निर्जिबन बिमा कम्पनीहरुले आर्थिक बर्ष समाप्तिको १० महिनासम्म पनि अडिट गरिएको वित्तीय विवरण नियामक बिमा समितिमा पेश गर्न सकेका छैनन। ४ बिमा कम्पनीहरुले यो आर्थिक बर्ष २०७४-७५ सकिना लाग्दा समेत गत आर्थिक बर्ष २०७३-७४ को बार्षिक प्रतिबेदन बिमा समिति समक्ष पेश गर्न सकेका छैनन।

अधिकांश बिमा कम्पनीहरुको एक्चुलरी भ्यालुयसेनको काम भारतस्थित कम्पनीहरुले गर्दै आएका छन। नेपालका बिमा कम्पनीहरुले भारत स्थित (एक्चुअरी) मूल्याङ्कनकर्ताले मागेको हिसाब किताबको प्रतिबेदन समयमै बुझाउन नसक्ने भएकाले यी कम्पनीहरुलाई तोकिएको समय भित्रनै फुल अडिट गरेको वित्तीय विवरण बुझाउन समय लाग्ने गरेको पाइएको छ।    

त्यसैले पनि नियामक तथा शेयर लगानीकर्ताको आँखा छल्न अडिट नगरिएको वित्तीय विवरण सार्वजनिक गरेपनि धेरै बिमा कम्पनीहरुलाई अडिट गरेको वित्तीय विवरण प्राप्त गर्न महिनौं दिन पर्खनुपर्ने हुन्छ। एक आर्थिक बर्षको वित्तीय विवरण पेश गर्दा फुल अडिट गरिएको बित्तिय विवरण चाहिने भएकाले पनि नयाँ बिमा कम्पनीहरुले सर्वसाधारणलाई आइपीओ बिक्रि गर्न अझैं एक बर्ष भन्दा लामो समय पर्खनुपर्ने हुन्छ।

केही नयाँ बिमा कम्पनीहरुले 'तर धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ कै अर्को प्रावधान अनुसार पूरै १ आर्थिक वर्षको लेखा परीक्षण गराउँदा नियामक निकायले तोकेका अवधि भित्र आइपीओ जारी गर्न नसकिने अवस्था उत्पन्न भएमा त्यस्ता संगठित संस्थाको व्यवस्थापनबाट वित्तीय विवरण प्रमाणित गरी आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डले स्वीकृति दिन सक्नेछ’ भन्ने प्राबधानमा टेकेर आइपीओ जारि गर्न एक बर्ष कुर्नुनपर्ने दाबि गरेका छन। यद्दपी नयाँ बिमा कम्पनीहरुलाई दुई बर्ष भित्र आइपीओ निष्काशन गर्नुपर्ने कानुनि व्यवस्था भएकाले फुल अडिट सहितको वित्तीय विवरण बुझाएर आइपीओ निष्काशन गर्न एक बर्ष भन्दा लामो समय लाग्ने देखिन्छ।   

बिमा समितिको नेतृत्त्वमा चिरिन्जीबी चापागाई आएलगत्तै बिभिन्न १० कम्पनीले बिमा कम्पनी संचालन गर्ने अनुमति पाएका थिए। जस मध्ये महालक्ष्मी इन्स्योरेन्स बाहेकका यूनियन लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स,सन नेपाल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले कारोबार संचालन गरिसकेका छन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved