मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको ९ प्रतिशतको दरले हुन् आउने ७ करोड २३ लाख ६५ हजार ४ सय १९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुंजी ८० करोड ४० लाख रहेको छ ।