मेरो माइक्रोफाइनान्सको लाभांश र हकप्रद प्रस्ताव पारित, कति पुग्छ चुक्ता पुंजी ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 12:22:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शत प्रतिशत हकप्रद प्रस्ताव पारित भएको छ । कम्पनीको शुक्रबार बसेको साधारणसभाले बोनस वितरणपछि कायम हुन् आउने चुक्ता पुंजीको १०० प्रतिशतले हुन् आउने हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै कम्पनीको बोनस प्रस्ताव पनि पारित भएको छ  ।   लघुवित्तको साउन २९ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.३२ प्रतिशत नगद लाभांश गरि २६.३२ प्रतिशत लाभांश प्रस्ताब गरेको थियो । सोहि प्रस्ताव साधारणसभाले पारित गरेको हो । 

१५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख पुग्नेछ।  त्यसपछि शतप्रतिशत हकप्रद वितरण गर्दा कम्पनीको चुक्ता पुंजी ६५ करोड ७८ लाख पुग्ने छ । 

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved