नबिल बैंक पहिलो तिन महिनामै अर्बपति क्लबमा, व्यवसायको आकार बढ्दा बाड्न मिल्ने नाफा बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 09:58:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक चालू आर्थिक बर्षको पहिलो त्रैमासमा नै अर्बपति क्लबमा प्रवेश गरेको छ।  गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकले २३ प्रतिशतले खुद मुनाफा बढाउदै पहिलो तिन महिनामा नै अर्बपति क्लबमा प्रवेश गरेको हो। 

बैकले यस अवधिमा १ अर्ब ५ करोड खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ८५ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

बैंकले १ अर्ब ५ करोड खुद मुनाफा गरेपनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा ९३ करोड पुगेको छ। बैंकको खुद मुनाफा बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा ९ करोडले कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकको फ्रि प्रोफिट ८५ करोड १४ लाख मात्रै थियो। राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।     

यस अवधिमा बैंकले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरि १ खर्ब २८ अर्ब कर्जा तथा लगानी परिचालन गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा निक्षेप १६ र कर्जा लगानी ३१ प्रतिशतले वृद्धि गर्दा उसले १ अर्ब ८५ करोड खुद ब्याज आम्दानि गरेको छ। 

८ अर्ब ४ करोड चुक्ता पुंजी भएको नबिल बैंकले जगेडा कोष रकम दोब्बरले बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा रहेको ६ अर्ब ९० करोड जगेडा कोष रकमलाई बढाएर १३ अर्ब ७९ करोड पुर्याएको छ।   

बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँले बढेर ५१ रुपैयाँ ३६ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ २७१ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १६.३० गुणा  रहेको छ। यस अवधिमा बैंकको आधार ब्याजदर ८.०६ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७.८५ प्रतिशत पुगेको छ। बैंकको ब्यापारको आकार बढ्दै गर्दा खराब कर्जा अनुपात भने १.११ बाट ०.५८ प्रतिशतमा घटेको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved