सोल्टी होटलको २६ प्रतिशत लाभांश प्रस्ताव, पुस २६ मा साधारणसभा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 16, 2018 | 01:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी होटलले १० प्रतिशत बोनस सेयर र १६.३१ प्रतिशत नगद लाभंश बितरण गर्ने प्रस्ताव गरेको छ । होटलको बिहिबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशतले हुन् आउने ६६ लाख ६० हजार ६ सय ३७ कित्ता बोनस शेयर दिने प्रस्ताव गरेको हो  । त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले १६.३१ प्रतिशतले हुन् आउने १० करोड ८६ लाख ७३ हजार ५ सय ५८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो  ।

होटलले लाभांस प्रस्ताव पारित गराउनका लागि आगामी पुस २६ गतेका लागि साधारण सभा समेत आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि होटलले मंसिर २६  देखि पुस २६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । 

चुक्ता पुँजी ६६ करोड  ६० लाख रहेको होटलको बोनस बितरण पश्चात चुक्ता पूँजी ७३  करोड २६  लाख पुग्नेछ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउने छन्  ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved