एनआईसी एसियाले घोषणा गर्यो लाभांश, हेर्नुस कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 03:13:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ०७४-७५ बाट १० प्रतिशत सेयर लाभांश दिने प्रस्ताब गरेको हो।  

बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। बिजपाटी डटकमले एनआईसी एसियाले १० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो।  

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। १० प्रतिशत बोनस सेयरका लागि बैंकले बुक क्लोजको अलग्गै सूचना जारि गर्नेछ। बैंकले अघिल्लो आर्थिक बर्ष २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।   

१० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापुंजी ८ अर्ब ३ करोडबाट ८ अर्ब ८३ करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्ष १ अर्ब १९ करोड खुद मुनाफा आर्जन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved