माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश प्रस्ताब गरेको छ। बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत नगद लाभांश प्रस्ताब गरेको हो। बैंकले चुक्ता पुँजीको १० प्रतिशतले हुन् आउने ८० करोड ५५ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन।बिजपाटी डटकमले माछापुच्छ्रे बैंकले १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपंैया संचित छ ।
यसअघि एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन। अब सिद्दार्थ र नेपाल एसबिआई बैंकले सम्भवत छिट्टै लाभांश घोषणा गर्नेछन।
२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)