नेपाल बंगलादेश बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2018 | 11:36:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको बिहिबार सम्पन्न ३३२ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन। 

नेपाल बंगलादेश बैंकले पनि अन्य बाणिज्य बैंकलाई पछ्याउदै नगद लाभांशमा मात्रै जोड दिएको छ।   बिजपाटी डटकमले पनि नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश घोषणा गर्ने प्रक्षेपण गरेको थियो, जुन शतप्रतिशत सहि भएको छ।  हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड रहेको छ। यस अघि सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved