अनसन बसेको समुहले थप्यो ३ वटा माग: नेप्सेको शेयर सर्वसाधारण र बिदेशी साझेदारलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 02:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता दबाब समूहले शेयरबजार सुधारका लागि भन्दै थालेको अनसनमा ३ वटा माग थपेको छ । समुहले आइतबार १० वटा माग सहित अनसन थालेकोमा आज दोस्रो दिन ३ वटा माग थपेको हो । 

थपिएका मागहरुमा नेप्सेको पुनर्संरचना, बिमा लाइसेन्स वितरणको छानविन र पुंजीगत लाभकरको बिषय रहेका छन् ।  समुहले नेप्सेको तत्काल पुनर्संरचना गर्नु पर्ने, त्यस क्रममा ५१ प्रतिशत शेयर बिदेसी साझेदारलाई दिनु पर्ने, कम्तिमा २० प्रतिशत सर्वसाधारणलाई, नेप्सेका कर्मचारी र सबै शेयर दलाललाई बिक्रि गरिनु पर्ने माग राखेका छन्  । 

त्यस्तै बिमा समितिले वितरण गरेको बिमा लाइसेन्समा घोटाला भएको भन्दै छानविनको माग पनि समुहले थप गरेको छ ।  खराब र पुंजी पुर्याउन नसक्ने कम्पनीलाई तत्काल राम्रा कम्पनीमा समाहित गरी बिमामा लगानीकर्ताको सम्पति जोखिम पर्नबाट बचाईदिनु पर्ने माग समेत समुहले अगाडी सारेको छ  । 

त्यस्तै सरकारले बढाएको ५० प्रतिशत पुंजीगत लाभकार फिर्ता गरेर हकप्रद र बोनसमा लाग्ने कर सम्बन्धि ब्यबस्था तत्काल हटाउन पनि माग गरिएको छ  । यस संगै माग संख्या १३ पुगेको छ  । 

के के थिए सुरुका माग  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved