जनता बैंकले सेयरधनीलाई साढे ८ प्रतिशत लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 11:22:45 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक लिमिटेड Janata Bank Nepal Limited ले ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले मंसिर २४ गते बसेको संचालक समितिको बैठकबाट चुक्ता पुँजी ८ अर्ब रुपैयाँको ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको हो ।

जनता बैंक नेपाल लिमिटेडले गत आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैकको स्वीकृति तथा बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन। 

बैंकले चुक्ता पुँजी ८ अर्ब ७ लाखबाट हुन आउने ६८ करोड ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।  जनताले पनि अन्य बाणिज्य बैंकलाई पछ्याउदै बोनस सेयर नदिई नगद लाभांशमा मात्रै जोड दिएको छ।  बिजपाटी डटकमले जनता बैंकले ८.४२ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरेको थियो। 

  

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved