मेरो माइक्रोफाइनान्सले माग्यो शत प्रतिशत हकप्रद निष्काशनको अनुमति, कति पुग्छ पुंजी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 12:43:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरो  Mero Microfinance Bittiya Sanstha Limited  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  ।  कम्पनीले हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेको छ । कम्पनीले सोहि बराबरको हकप्रद निष्काशनको अनुमति माग गरेको हो ।   हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved