स्वाबलंबन लघुवित्तले साढे १० कराेडको एफपीओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 17, 2018 | 05:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वाबलंबन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha Limited ले साढे १० कराेड बराबरको एफपिअाे निष्काशन गर्ने भएकाे छ। कम्पनीले हाल कायम संस्थापक र सर्वसाधारणको पूँजी अनुपातलाई ५१ः४९ कायम गर्न एफपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले  १० करोड ४८ लाख १४ हजार ८२५ बराबरको एफपिओ निष्काशन गर्ने भएको हो । त्यस्तै कम्पनीले ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई पनि साधारणमा रुपान्तरण गर्ने भएको छ।  हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० रहेको छ । 

कम्पनीले आगामी साधारणसभा यी प्रस्ताव पेश गर्ने भएको हो। लघुवित्तले पुस २६ गते सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ९ गते सोमबारसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ११.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ३१ लाख रहेकोमा प्रस्तावित बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved