चिलिमे हाइड्रोको साधारणसभा आह्वान, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 08:54:24 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावर कम्पनी Chilime Hydro power Company Limited ले पुस २७ गतेको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर २६ गते सबैको सञ्चालक समितिको बैठकले पुस २७ गते शुक्रबार आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजेको लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

साधारण सभामा यस अघि संचालक समितिले निर्णय गरे बमोजिमको २० प्रतिशत  बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ । साधारणसभाको अन्य एजेण्डामा  सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमा छलफल तथा अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने लगायत रहेका छन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते देखि २७ गत सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १८ गते सम्म कायम शेयरधनीले मात्रै साधारणसभामा भाग लिन र कम्पनीको लाभांश पाउन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड रहेकोमा प्रस्तावित बोनसपछि पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved