
गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार ५:३० बजे बसेको संचालक समितिको बैठकले ७३/७४ को मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुंजी ५९ करोड ४० लाख रहेकोमा प्रस्तावित बोनसपछि चुक्ता पुंजीपछि ६४ करोड १५ लाख पुग्ने छ ।