स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 09:14:54 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited ले आज माघ ७ गते साधारणसभा गर्दै छ । बैंकले दिउँसो १ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा गर्न लागेको हो । 

साभारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १७.५० प्रतिशत  नगद लाभांश पारित गर्नेछ । यस्तै साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी एक जना संचालकको निर्वाचन हुने छ । साधारणसभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको प्रतिबेदन पारित,  लेखा परिक्षकको प्रतिबेदन सहित २०७५ असार मसान्त सम्मको वासलात पारित, नाफा नोक्सान हिसाव तथा नगद प्रवहामाथि  पारित गर्ने लगायत रहेका छन् ।  

साधारण सभा प्रयोजनको लागि बैंकले पुष २९ गते देखि माघ ७ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । यस अुनसार पुष २६ गते बिहिबार सम्म कायम शेयरधनीले मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved