प्रभु बैंकको शेयर संरचना परिवर्तन, लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 07:47:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited को लाभांश पारित भएको छ । बैंकको आज सम्पन्न साधारणसभाले  ८ प्रतिशत बोनश पारित गरेको हो। त्यस्तै साधारणसभाले संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ  ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गरेको छ । यस अघि संस्थापक र सर्वसाधारणको शेयर अनुपात  ६१.३१ र  ३८.६९ प्रतिशत रहेको थियो।  त्यस्तै साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी कार्यको लागि आवश्यक निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।  

८ प्रतिशत बोनश शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ । बैंकले १६५ शाखा,  विभिन्न शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिन मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved