खुल्यो शेयर दलाल मार्फत मार्जिन कारोबारको बाटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 10:31:05 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर दलाल मार्फत मार्जिन कारोबारको बाटो खुलेको छ। नेपाल राष्ट्र बैंकले चैत १४ गते सर्कुलर जारि गर्दै सेयर दलाललाई प्रचलित कानुनको अधिनमा रही मार्जिन कारोबार गर्न स्वीकृति दिने बताएको हो। 

मार्जिन कारोबार गर्नलाई सेयर दलालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिफारिस लिएर आउनु पर्ने सर्कुलरमा उल्लेख छ। त्यस्तै धितोपत्र व्यवसायीले पनि प्रचलित कानुनी व्यवस्थाको अधिनमा रही नेपाल धितोपत्र वोर्डको नीति र निर्देशन अनुरुप मार्जिन ट्रेडिङ सम्बन्धि कारोबार गर्नुपर्नेछ।   

बैंक तथा वित्तीय संस्थालाई जारि गरिएको एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले शेयर दलालहरुलाई कर्जा प्रकृतिको काम गर्न बाटो खुल्ला गरिदिएको हो ।  राष्ट्र बैंक ऐन ०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७५ को वुँदा १६ को उपबुँदा (क) को खण्ड ७ लाई संशोधन गरेर राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved