प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 12:02:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।  कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ७९.६९ प्रतिशत बोनस शेयर र ४.२२० प्रतिशत नगद लाभांश गरी कुल ८३.९९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।  

कम्पनीले हाल कायम चुक्ता पुंजीको ७९.६९ प्रतिशतले हुन् आउने ४६ करोड ६० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ४.२० प्रतिशतले हुन् आउने २ करोड ४५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कंपनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । 

हाल कम्पनीको चुक्ता करोड ५८ करोड ४० लाख रहेको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved