एनसीसीले बैंकले घोषणा गर्यो गत वर्षको लाभांश, अघिल्लो वर्षको 'कोल्याप्स' किन भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 09:18:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी ) Nepal Credit & Commerce Bank Limited बैंकले आर्थिक बर्ष २०७४/०७५ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैंकको आज अर्थात असार २२ गते बिहान ८.३० बजे बसेको संचालक समितिको बैठकले २०७४/०७५ को मुनाफाबाट १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।    

बैठकले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको मुनाफाबाट प्रस्ताव गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निणर्य गरेको छ। उक्त प्रस्ताब राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।  

बैंकले १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पश्चात बैंकको चुक्तापुंजी ८ अर्ब नाघ्नेछ। 

बैंकले आर्थिक बर्ष २०७३-०७४ बाट समेत सेयरधनीलाई लाभांश वितरण गरेको छैन। आर्थिक बर्ष २०७३-०७४ को वित्तीय विवरणले स्वीकृति पाएको छ। एनसीसीले चारवटा बिकास बैंकलाई गाभ्दा स्वापबाट प्राप्त ९० करोड रुपैयाँ लाभांश बापत बाड्न पाउने थियो तर दुई आर्थिक बर्ष नाघेकाले उक्त लाभांश बाड्न नमिलेको बैंकले जनाएको छ।सेयरधनीलाई दुई आर्थिक बर्षको गरेर २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने एनसीसी बैंक स्रोतले बिजपाटीलाई बताएको थियो।  

एनसीसीले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ६१ अर्ब ४६ करोड निक्षेप संकलन गरि ५६ अर्ब ८१ करोड कर्जा परिचालन गरेको छ। यसबाट बैंकलाई तेस्रो त्रैमासमा १ अर्ब १६ करोड खुद मुनाफा आर्जन भएको छ। बैंकसंग ८४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved