सगरमाथा इन्स्योरेन्सका लगानीकर्तालाई राहत, कर तिरेको भौचर नबुझाए पनि बोनस पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 01:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्सका लगानीकर्तालै राहत पाउने भएका छन। कम्पनीले बोनस पाउनको लागि कर तिरेपछि कर तिरेको सक्कली भौचर समेत अनिवार्य रुपमा कम्पनीमा वा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा बुझाउन अनुरोध गरेको थियो  । तर ब्यापक आलोचना भएपछि कम्पनी र क्यापिटल दुवै यस निर्णयबाट पछाडी हटेका छन्  ।

अब लगानीकर्ताले बोनसको लागि ग्लोबल आईएमई बैंकमा बुझाएको रकमको भौचर इमेलबाट क्यापिटलमा पठाउन सक्ने छन्  । त्यस्तै भौचर नबुझाए पनि स्टेटमेन्टमा देखिएको विवरण अनुसार लगानीकर्ताको नाम र डिम्याट नम्बर रुजु गरी बोनस लगानीकर्ताको खातामा पठाइने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ  । क्यापिटलका अनुसार यस बारेको नयाँ सूचना शुक्रबार प्रकाशित हुने छ  ।

क्यापिटलले कर वापतको रकम बुझाउदा अनिवार्य रुपमा आफ्नो डिम्याट नम्बर, आफ्नो परिचय नम्बर, नाम त्तहा सम्पर्क नम्बर स्पष्ट संग लेख्न आग्रह गरेको छ  । सक्कली भौचर नहुँदा यहि विवरणको आधारमा शेयर खातामा पठाईने भएकोले विवरण स्पष्ट संग राख्न क्यापिटलले आग्रह गरेको हो  ।

यस अघि क्यापिटलले सक्कली भौचर क्यापिटलमा वा कम्पनीमा बुझाउनु पर्ने हुँदा राजधानी बाहिरका लगानीकर्ताले सास्ती दिएको भन्दै चर्को आलोचना गरेका थिए  । अब भने लगानीकर्ताले त्यस बाट मुक्ति पाएका छन्  ।

बोनस शेयर नेप्से र सिडीएसमा सुचिकृत भएपछि लगानीकर्ताको खातामा पठाईने भएकोले बोनस आउँन अझै एक महिना लाग्ने क्यापिटलले जनाएको छ  ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८६ प्रतिशत बोनस वितरण गर्न लागेको हो  । कम्पनीले करमा लाग्ने रकम भने व्यबस्था नगरेकोले कर लगानीकर्ता आफैले तिर्नु पर्ने भएको हो  । कम्पनीले बोनस दिने तर करको लागि रकम ब्यबस्था नगर्दा लगानीकर्ताले समय समयमा सास्ती भोग्दै आएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved